शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृ’त फेला
समाज

गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृ’त फेला

महोत्तरी, २५ जेठः महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पा’सो लागेर मृ’त भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृ’त भेटिएका हुन् ।

दुबै घ’ट’नाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ । रमेशको हातमा सामान्य चोट र नाकबाट र’गत बगी रहेको पाइएको प्रहरीले जनाएको छ । घ’टनाबारे अनु’सन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार