बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • विम्बल्डन टेनिसः नाडाल र फेडेरर चौथो चरणमा प्रवेश
समाचार

विम्बल्डन टेनिसः नाडाल र फेडेरर चौथो चरणमा प्रवेश

लन्डन । आठ पटकका च्याम्पियन स्वीट्जरल्यान्डका रोजर फेडेरर र दुई पटकका च्याम्पियन स्पेनका राफेल नाडाल लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

सैंतीस वर्षीय फेडेररले फ्रान्सका लुकास पौलीलाई ७–५, ६–२, ७–६(४) को सोझो सेटमा पराजित गरेका थिए । ग्रान्डस्लाममा यो उनको व्यक्तिगत ३५०औं जित हो । ग्रान्डस्लामको इतिहासमा कुनै पनि खेलाडीले जितेको सर्वाधिक खेलसंख्या नै यही हो ।

चौथो राउन्डमा फेडेररको भेट अब १७औं वरियताका इटालियन खेलाडी माटिओ बेरेटिनीसँग हुनेछ । दोस्रो वरियताका नाडालले पनि फ्रान्सका जो विल्फ्रेड सोङ्गालाई ६–२, ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । विम्बल्डनमा नाडालको चौथो राउन्डमा प्रवेशको यो नवौं अवसर हो । अब नाडालको प्रतिस्पर्धा विना वरियताका पोर्चुगाली खेलाडी जोआ सोउसासँग हुनेछ । – सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै