शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनद्वारा चेपाङ परिवारलाई राहत वितरण
दैनिक नेपाल बिशेष

मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनद्वारा चेपाङ परिवारलाई राहत वितरण

मुग्लिन, २२ जेठः मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल शुक्रबार वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष महेश्वरी खड्काले जानकारी दिनुभयो ।

संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो । अहिले कोरोनाका कारण विपन्न परिवारमा बिहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको बताउनुभयो । गाउँ भन्दा बाहिर गएर दैनिक ज्यालादारी गरेर परिवार पाल्नुपर्ने अवस्था रहेको जङ्ग बहादुर चेपाङले बताउनुभयो ।

अहिले काम गर्न नपाएपछि समस्यामा परेको उहाँले बताउनुभयो । राष्ट्रिय आधारभूत विद्यालय पामडाडाँका प्रधानाध्यापक यान बहादुर गुरुङका अनुसार यहाँका चेपाङको बारीमा लगाएको कोदो मकैले ६ महिना पनि खान पुग्दैन । बाँकी ६ महिना मजदुरी गरेर खानुपर्ने अवस्था रहेको र अहिले कोरोनाको महामारीसँगैँ काम नपाउँदा समस्यामा परेको बताउनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार