शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • कोरोनाबाट २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु
प्रदेश १

कोरोनाबाट २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु

मोरङ, १९ जेठः प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा नौ महिला र १३ पुरुष रहेका छन् ।

मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच, सुनसरीका तीन, धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन/तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई/दुई जना र होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार