बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • विश्व सम्पदा सूचीः दुईवटा स्थान छनौट गरेकामा पोर्चुगलको स्वागत
समाचार

विश्व सम्पदा सूचीः दुईवटा स्थान छनौट गरेकामा पोर्चुगलको स्वागत

लिस्बन, २२ असार पोर्चुगाली नेताहरुले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले पोर्चुगलका दुई स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेकामा त्यसको स्वागत गरेका छन् । युनेस्कोले माफ्रा राजदरबार र ब्रागास्थित बोम जेसुसलाई विश्व सम्पदा सूचीमा राखेको घोषणा गरेको थियो । अजरबैजानको बाकुमा सञ्चालन भइरहेको युनेस्कोको ४३औं सभाका अवसरमा उक्त घोषणा गरिएको थियो ।

जुन ३० मा शुरु भएको सभा यही जुलाई १० सम्म चल्नेछ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सौसाले जारी गर्नुभएको वक्तव्यमा पोर्जुगाली नागरिकहरुका लागि यो अति नै खुशीको क्षण भएको बताउनुभएको छ । “यो निर्णयसँगै विश्व सम्पदा समितिले दुई वटा पोर्चुगाली सांस्कृतिक सम्पत्तिलाई विश्व सम्पदा सूचीमा राखेको छ ।

यो सँगै विश्व सम्पदा सूचीमा सूचीकृत पोर्चुगलका सम्पदाको संख्या १७ पुगेको छ । यो स्थानीय पोर्चुगालीको मात्र होइन मानवको जीवन्त इतिहासको संरक्षण हो,” उहाँले भन्नुभएको छ । प्रधानमन्त्री एन्टोनियो कोस्टाले पनि ट्वीट गर्दै युनेस्कोको निर्णयको स्वागत गर्नुभएको छ । युनेस्को विश्व सम्पदा सूचीमा हाल १६७ मुलुकका एक हजार ९२ स्थान सूचीकृत छन् । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार