शुक्रबार, माघ ७, २०७८ | Friday 21st January 2022
  • होमपेज
  • पोखरीमा डुबेर मृत्यु भएका दुई बालकको परिवारलाई आर्थिक सहयोग
समाचार

पोखरीमा डुबेर मृत्यु भएका दुई बालकको परिवारलाई आर्थिक सहयोग

इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका तनहुँको म्याग्दे गाउँपालिका–२ ऋषिथुमका दुई बालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सोही वडाको जामुनेस्थित माछापुच्छ्रे इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको परिवारलाई न्यू भिजन युवा क्लबको सक्रियतामा रु ४० हजार प्रदान गरिएको हो । युवा क्लबका अध्यक्ष सन्दीप रानाभाटले उक्त रकम शनिबार मृतकका बाबु कृष्णबहादुर शाहीलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ ।

दुःखको घडीमा पीडित परिवारलाई मल्हम लगाउने उद्देश्यले स्थानीयस्तरमा रकम सङ्कलन गरिएको रानाभाटले जानकारी दिनुभयो । मृतकका बाबु शाहीले दुवै छोरा गुमाउनु पर्दाको पीडा पैसाले पूर्ति नहुने भए पनि सहयोग गरेकामा सहयोगीदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । राधा माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्किने क्रममा इँटाभट्टाको पोखरीमा पौडी खेल्दा असार १८ गते दाजुभाइको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार