शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • अ’ज्ञात रोगले घारमै म’र्न थाले मौरी, पिङ खेल्ने क्रममा एक बालकको मृत्यु
समाचार

अ’ज्ञात रोगले घारमै म’र्न थाले मौरी, पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

सिमकोट, १२ जेठ: हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अ’ज्ञात रोगका कारण मौरी घारमै म’र्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अ’ज्ञात रोगका कारण घारमै मौरी म’र्न थालेका छन् ।

व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अ’ज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंले जानकारी दिनुभयो । अ’ज्ञात रोगले घारभित्रै मौरी म’र्न थालेपछि चिन्ता बढेको सिंहले बताउनुभयो । मौरीपालन गरेका सिंहले मह र मौरीका घार बेचेर राम्रो आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

एक्कासि मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होलाजस्तो भएको उहाँले बताउनुभयो । मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी हुन सकेको छैन । जिल्लामा एक माना महको रु एक हजार देखि एक हजार २०० सम्म मूल्य पर्ने गरेको छ । सर्केगाड गाउँपालिका–१ मा पिङ खेल्ने क्रममा पिङको डोरीमा झु’ण्डि’एर नौ वर्षीय बालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा हरिया दमाईंका छोरा धौला रहेका छन् ।

सोमबार अपराह्न ३ः०० बजे जैर गाउँको स्याँडी भन्ने वनमा गोठालो गएका दमाईं साथीसँग रूखमा लगाइएको पिङ खेल्ने क्रममा डोरी चुँडिएर घाँ’टीमा बे’रिँदा उनको मृ’त्यु भएको जैरका स्थानीयवासी धनलाल बुढाले बताउनुभयो । घ’टनास्थल गाउँभन्दा टाढा रहेकाले गाउँबाट मान्छे घ’टनास्थलमा पुग्दासम्म बालकको मृ’त्यु भइसकेको थियो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार