बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • बसले ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु
समाचार

बसले ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु

खडक नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ३७८८ नं को बसले सोही दिशातर्फ जाँदै गरेको स११प ९८६ नं को मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको धनगढी नगरपालिका–१ का ३० वर्षीय मोटरसाइकल चालक वीरेन्द्र चौधरीको मृत्यु भएको हो ।

घाइते चौधरीको उपचारका लागि रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार