मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • बाख्रा चराउन गएकी ६० वर्षीया कुन्तमायाको हत्यारा भारतीय नागरिक पक्राउ
समाचार

बाख्रा चराउन गएकी ६० वर्षीया कुन्तमायाको हत्यारा भारतीय नागरिक पक्राउ

घिरिङ गाउँपालिका–४ पुर्कोटका एक वृद्धाको हत्या गरेको आरोपमा स्थानीयवासीले आज एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

बाख्रा चराउन वन गएकी ६० वर्षीया कुन्तमाया थापाको हत्या गरेको आरोपमा स्थानीयवासीले भारतीयलाई पक्राउ गरी बुझाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

प्रहरीले उनको परिचय खुलाएको छैन । थापा उफ्रेनी डाँडास्थित पुर्कोट हुस्मी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । उनको देब्रे हात, खुट्टा, आँखा र टाउकोमा चोट छ । प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै