आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु
समाचार

यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु

अपि हिमाल गाउँपालिका–१ रोखापुमा एक यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का २० वर्षीय शेरबहादुर बोहरा रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । बोहराको आज यार्सागुम्बा सङ्कलनका क्रममा चिप्लिएर मृत्यु भएको हो ।

उनको घट्नास्थलमै ज्यान गएको अपि हिमाल गाउँपालिका–१ का वडा सचिव अगबरसिंह जागरीले बताउनुभयो । घटनास्थलमा प्रहरी चौकी खण्डेश्वरीबाट टोली पठाइएको कठायतले बताउनुभयो । यसअघि ब्यास गाउँपालिका–१ दूधीवनमा ११ वर्र्षीय अनिश विष्टको यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार