शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • हिमालयले साउदी अरेबियामा चाटर्ड उडान गर्ने, भाडादर लगभग एक लाख
सूचना/प्रबिधि

हिमालयले साउदी अरेबियामा चाटर्ड उडान गर्ने, भाडादर लगभग एक लाख

काठमाडौँ, ४ जेठः नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ ।

नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्ति मार्फत जनाएको हो ।

एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ । उडानमा सहभागी यात्रुले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार