मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • धनुषामा १० दिन निषेधाज्ञा थप, प्रदेश २ मा भोलि सार्वजनिक बिदा
प्रदेश २

धनुषामा १० दिन निषेधाज्ञा थप, प्रदेश २ मा भोलि सार्वजनिक बिदा

धनुषा, ३० वैशाखः धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । कोरोनाको दोश्रो लहरमा गएको वैशाख २१ गतेदेखि भोलिसम्मका लागि निषेधाज्ञा तोकिएको थियो ।

प्रदेश २ मा भोलि सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन समेत अपिल गरिएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै