शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • केन्यामा सफारी र्याली पुनर्जीवित
समाचार

केन्यामा सफारी र्याली पुनर्जीवित

नैरोबी । केन्याका राष्ट्रपति उहुरु केन्याटाले सफारी र्यालीको शुक्रबार विधिवत रुपमा शुभारम्भ गर्नुभएको छ । विश्व र्याली प्रतिस्पर्धामा सहभागी हुनेगरी यस र्यालीमा ५१ वटा कार सहभागी हुँदैछन् ।

राष्ट्रपति केन्याटाले केन्यालाई विश्वभर परिचित गराउन यस सफारी र्यालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । बेलायती महारानी एलिजाबेथको राज्याभिषेकका अवसरमा सन् १९५३ देखि यो र्याली हरेक वर्ष आयोजना गरिन्छ ।

विश्व र्याली च्याम्पियनसीपकै एक हिस्साका रुपमा सन् २००२ सम्म केन्याको र्यालीलाई समावेश गरिन्थ्यो तर बजेट अभाव र सरकारी सहयोगको कमीका कारण यस र्यालीलाई स्थगित गरिएको थियो ।

तर अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए) का अध्यक्ष जाँ टोड्टले सन् २०१५ मा राष्ट्रपति केन्याटासँग भेटवार्ता गरेपछि केन्याली सफारी र्याली पुनः जीवित भएको हो । केन्याली सफारीले मान्यता पाएसँगै सन् २०२० को विश्व च्याम्पियनसीपमा केन्याली कार चालकहरुले भाग लिन पाउनेछन् । – सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै