शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चितुवाको आक्रमणबाट घाइते श्रीसलाई दुई लाख सहयोग
समाचार

चितुवाको आक्रमणबाट घाइते श्रीसलाई दुई लाख सहयोग

डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहत स्वरुप रु दुई लाख सहयोग गरेको छ । नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताउनुभयो ।

गाउँ बस्तीमा पसेर वन्यजन्तुले मानवलाई क्षति गरेमा यस्तो खालको राहत प्रदान गरिने सरकारको नियम कानूनअनुसार उहाँलाई सहयोग प्रदान गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए रु ५० हजार, गम्भीर घाइते बनाए रु दुई लाख र मृत्यु नै भए रु १० लाखसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था रहेको छ । श्रीसलाई गाउँमै चितुवाले आक्रमण गर्दा गम्भीर घाइते हुनुभएको थियो । नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उहाँको स्वास्थ्यमा सुधार आएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै