आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • मस्र्याङ्दी नदीले बगाउँदा सात वर्षीया रीतु गुरुङ बेपत्ता
समाचार

मस्र्याङ्दी नदीले बगाउँदा सात वर्षीया रीतु गुरुङ बेपत्ता

मस्र्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । नदीले बगाउँदा सुन्दरबजार नगरपालिका–९ बेलघारीकी सात वर्षीया रीतु गुरुङ आज बेपत्ता भएकी हुन् । नदी छेउमा खेलिरहेको अवस्थामा बहिनीको चप्पल बगाएको थियो ।

बगाएको चप्पल लिन जाने क्रममा गुरुङलाई नदीले बगाएको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो । प्रहरीले उनको खोजी गरिरहेको छ । बेपत्ता बालिका दोर्दी गाउँपालिका–१ बेलघारीस्थित रत्न प्राविमा कक्षा ३ मा अध्ययनरत थिइन् ।

चर्चामा

सम्बन्धित समाचार