बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • मेट्रो मनि एक्सचेन्जबाट पैसा चोरी गर्ने दुई पाकिस्तानी पक्राउ
समाचार

मेट्रो मनि एक्सचेन्जबाट पैसा चोरी गर्ने दुई पाकिस्तानी पक्राउ

बिभिन्न अपराधमा संलग्न रहेको आरोपमा यहाँबाट दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको दरवार स्क्वायरस्थित स्वीट होमबाट पाकिस्तानको इस्लामाबाद बस्ने ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खानलाई आज पक्राउ गरेको हो । ललितपुर निवासी राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको काठमाडौँ महानगरपालिका–२३ झोँछेस्थित डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर नौ सय, साउदी रियाल तीन हजार र चिनियाँ युआन एक हजार ४०० चोरी गरेर फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो ।

उनीहरुले उक्त मनि एक्सचेन्जमा ५०० साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना गरी भ्रममा पारी उक्त विदेशी मुद्रा चोरी गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि उनीहरुले गत वैशाख २९ गते सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आर.के. इलेक्ट्रिक एण्ड इलेक्ट्रनोनिक्स सेन्टरबाट रु ३० हजार, लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट रु ७० हजार र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राइजिङ स्पोर्टस् ग्यालरीबाट रु एक लाख ५० हजार चोरी गरेको घटनामा गत वैशाख ३१ गते पक्राउ परी जनही रु ५०–५० हजार धरौटीमा छुटेका थिए ।

चर्चामा

सम्बन्धित समाचार