शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • बँदेलको आक्रमणबाट दुई जना घाइते
समाचार

बँदेलको आक्रमणबाट दुई जना घाइते

केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन् ।

घाइते जगतको अवस्था गम्भिर छ । उहाँलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ कुँवरले जानकारी दिनुभयो । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै