शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • देशभर पछिल्लो २४ घण्टामा थप ९०७० मा कोरोना सङ्क्रमण, ५४ को कोरोनाबाट मृत्यु
Breaking News

देशभर पछिल्लो २४ घण्टामा थप ९०७० मा कोरोना सङ्क्रमण, ५४ को कोरोनाबाट मृत्यु

काठमाडौँ, २३ वैशाखः देशभर पछिल्लो २४ घण्टामा थप नौ हजार ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पिसिआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः आठ अजार ९७० र सय जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित तीन लाख लाख ६८ हजार ५८० पुगेका छन् । त्यस्तै पछिल्लो समय थप दुई हजार ७०७ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ९२ हजार ४९० छन् । निको हुने दर भने ७९ दशमलब चार प्रतिशत छ । अहिले देशभर ७२ हजार ५६१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ६७ हजार २४६ जना होम आइसोलेशनमा र पाँच हजार ३१५ जना संस्थागत आइसोलेशनमा छन् ।

त्यस्तै ६५२ जनाको सघन उपचार कक्ष र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन सय १४ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ को पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ५२९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार