शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • कैलालीमा उपचाररत २ पुरुष र २ महिला सङ्क्रमितको मृत्यु
स्वास्थ्य

कैलालीमा उपचाररत २ पुरुष र २ महिला सङ्क्रमितको मृत्यु

धनगढी, २३ वैशाख: पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जनाको कोरोना सङ्क्रमणबट मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, उपमहानगरपालिका–४ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष तथा बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया महिला रहेका छन् ।

धनगढीका ८१ र जोशीपुरका ६० वर्षीय पुरुषको बिहीबार तथा धनगढीकै ५८ वर्षीया महिलाको बुधबार र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया बिहीबार मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार