शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • ६४ वर्षीया धनमायाको हत्या आरोपमा आफ्नै छोरा पक्राउ
समाचार

६४ वर्षीया धनमायाको हत्या आरोपमा आफ्नै छोरा पक्राउ

सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उहाँकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

प्रहरी नायब उपरीक्षक भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित जङ्गबहादुरलाई पक्राउ गरिएको जानकारी दिनुभयो । दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आरोपितलाई पक्राउ गरेको हो । उनलाई आज अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ ।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो । शवको आज रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा शव परीक्षण गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै