शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा ‘पार्यो माया जालैमा’ सार्वजनिक
मनोरञ्जन

शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा ‘पार्यो माया जालैमा’ सार्वजनिक

काठमाडौं । लेजेन्ड सङ्गीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

गीत र गीतको भिडियोमा दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्शाइएको छ । लेजेन्ड सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा र बरिष्ठ गायिका मन्जु थापा यो प्रस्तुतिलाई यतिवेला धेरै स्रोता/दर्शकले रूचाई रहेका छन् । उहाँहरूका थुप्रै गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार