शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • श्वासप्रश्वासमा समस्या देखिएपछि नेपाली कांग्रेस नेता भण्डारी अस्पताल भर्ना
स्वास्थ्य

श्वासप्रश्वासमा समस्या देखिएपछि नेपाली कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडौँ, २१ वैशाख: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बस्नुभएका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएको हो ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कनुभएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै हुनुहुन्छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै