शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • कोरोनाबाट संविधानसभा सदस्य चौधरीको निधन
स्वास्थ्य

कोरोनाबाट संविधानसभा सदस्य चौधरीको निधन

गोदावरी, १९ वैशाखः कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो ।

कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उहाँको निधन भएको उहाँका श्रीमान् मोतीलालले बताउनुभयो ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै