शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • संयोजक बसुन्धरा भूषालद्धारा कल्याकारी कोषलाई रकम हस्तानतरण
मनोरञ्जन

संयोजक बसुन्धरा भूषालद्धारा कल्याकारी कोषलाई रकम हस्तानतरण

काठमाडौं । अभिनेत्री बसुन्धरा भूषाल नेपाली चलचित्र क्षत्रेका लागि प्रतिष्ठित नाम हो । उनी विगत पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागि रहेकी छन् । विशेषत संघ संस्थाको वृद्धि विकास र चलचित्रकर्मीको सेवा सुरक्षा अन्र्तगर्तको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत हुन् ।

स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफूलाई व्यस्त बनाउने गरेकी छन् । राष्ट्रिय कार्यक्रमदेखि अन्र्तराष्ट्रिय कार्यक्रमसम्म भूषालले कोषको लागि सहयोग जूटाउँदै आएकी छन् । हाल कोषमा चार करोड बढि रकम जम्मा भएको छ । यसमा सबैभन्दा बढि भूमिका अभिनेत्री भूषालकै रहेको छ । कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्य अपरान्त काजकिरिया सहयोग गर्ने लगायतका सेवा वितरण गर्दै आएको छ ।

सोही कोषका लागि अभिनेत्री भूषालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पूग्दा समेत सहयोग रकम जुटाएकी छन् । आफ्नो पारिवारीक भेटघाट र घुमघामको लागि ६ महिना अघि अमेरिका पुगेकी अभिनेत्री भूषालले चार लाख बढि रकम संकलन गरेर ल्याएकी छन् । बुधवार भूषालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई ३ लाख बिस हजार बढि रकम हस्तानतरण गरेकी हुन् । उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसंग सहयोग संकलन गरेकी थिइन् । सोही रकम उनी नेपाल आउने बितिकै बोर्डलाई हस्तानतरण गरेकी हुन् ।

अमेरिका बाल्टिमोरमावासी बरिष्ठ लोक गायक प्रेम राजा महतबाट १ लाख तीन हजार दुई सय, कलाकार पूजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बिस, कलाकार साराङ्गा श्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सबिता अधिकारीबाट १२ हजार छ सय, दिव्य चन्दबाट १२ हजार एक सय बिस, कलाकार अरुणिमा लमसालबाट १२ हजार एक सय बिस, कलाकार दिलिप रायमाझी र मन्जु रायमाझीबाट १२ हजार एक सय बिस, कलाकार रञ्जना शर्माबाट १२ हजार एक सय बिस, कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस, कलाकार राधा शर्मा (भाव)बाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, अमेरिका न्यूजर्सिवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस, अमेरिका बोस्टनवासी संचिता थापाबाट २४ हजार एक सय बिस, अमेरिका न्यूयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय बिस गरि ३ लाख १६ हजार पाँच सय ६० रुपैयाँ सहयोग संकलन भएको थियो ।

यसमा नपुग केही रकम बसुन्धरा भूषाल र चेत नारायण भूषाल परिवारले थपेका छन् । यस्तै नायक पल शाहले पनि १ लाख एक सय एक
रुपैयाँ घोषणा गरेका छन् । कोरोनाको समयमा निकै मेहनतका साथ बसुन्धारा भूषालले धेरै रकम संकलन गरेको अमेरिकावासी कलाकारहरुले बताएका छन् । उनको यो समर्पण प्रति सम्पूर्ण अमेरिकावासी चलचित्रकर्मी नतमस्तक रहेको समेत अभिनेत्री पूजा चन्द लामाले बताएकी छन् । गत अप्रिल ३ तारिक पूजा चन्दले आफ्नै घरमा सबैलाई जमघट गर्दा सहयोग अपिल गरिएको थियो । जसका लागि प्रकाश शर्मा र गायक राजु लामाले सहयोग गरेका थिए ।

कलाकारहरू प्रति आगाध प्रेम बोकेर हिन्नुहुने, चलचित्रकर्मिहरू का निमित्त जीवन समर्पण गर्न संधै तत्पर रहनुहुने आदरणिय कलाकारहरूकी सम्माननिय दिज्यू बसुन्धरा भूषालको योगदान अतुलनीय रहेको लोक गायक प्रेम राजा महतले अमेरिकाबाट बताएका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै