शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
समाचार

टिपरको ठक्करबाट मृत्यु

सप्तरी, १५ वैशाख: टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ ।नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक यही वैशाख ५ गते ना५ख ७५१७ नंको टिपरले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो । घाइते खङ्गको नोबेल अस्पतालमा उपचार भइरहेको थियो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै