शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • ट्रकको ठक्करबाट महिलाको मृत्यु
समाज

ट्रकको ठक्करबाट महिलाको मृत्यु

झापा । मेची राजमार्गको भद्रपुर नगरपालिका– ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि ट्रकले किचेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान की ७५ वर्षीया गायत्री देवी प्याकुरेल रहेकी छिन् । भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकलेविपरीत दिशाबाट आउँदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।

रुखको हाँगाले लागेर बालकको मृत्यु

कमल गाउँपालिका– ५ सीतापुरीका आठ वर्षीय योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज दिउँसो ११ बजे बुवासँग सोही स्थानमा रहेको माई वृक्षरोपक्षको नर्सरीमा दाउरा टिप्न गएका अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा उनी घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि दमक अस्पताल दमकमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै