शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • यी ५ राशि भएका व्यक्त्तिको रिस हुन्छ नाकको टुप्पोमा
विचित्र संसार

यी ५ राशि भएका व्यक्त्तिको रिस हुन्छ नाकको टुप्पोमा

कुनै पनि व्यक्तिको जीवनमा राशिले ठुलाे महत्व लिएको हुन्छ । अहिले यस युगमा मानिसहरुले ज्योतिषशास्त्रमा अास्था राख्छन् । ज्योतिषशास्त्रले भविष्यवाणी मात्र हैन व्यवहारका बारेमा पनि जानकारी दिने गर्छ ज्योतिषशास्त्रले मानिसको कयौँ रहस्य खोलिदिने गर्छ ।

यस विद्या मार्फत हामीले मानिसको गुण, दोष र यसको व्यक्तित्वका बारेमा पत्ता लगाउन सक्छछाै । आज हामी तपाईलाई केही राशिका बारेमा जानकारी दिदैछौँ । जो निकै रिसाह हुने गर्छनु। अझ भनौँ उनीहरुको रिस नाककै टुप्पोमा हुने गर्छ ।

जानौँ कुन कुन हुन् ती राशि :

मिथुन राशि:
मिथुन राशिका व्यक्तिको रिस पनि नाकको टुप्पामै हुने गर्छ । यिनीहरुलाई छिट्टै रिस उठ्ने र धेरैबेरसम्म रहने हुन्छ। यिनीहरुलाई एक पटक रिस उठ्यो भने छिट्टै शान्त हुँदैन्। यद्यपी यिनीहरुको रिसले अरुलाई नोक्सान गर्नुभन्दा पनि आफैलाई पीडा दिने गर्छन् ।

सिंह राशि:
सिंह राशिका व्यक्तिलाई निकै रिसाह मानिने गरिन्छ। यिनीहरुको रिस कहिलेकाही फुटेर बाढीले जसरी क्षति पुर्याउने गर्छ। त्यसैले यस राशिका व्यक्तिले आफ्नो रिसलाई काबुमा राखेर सावधानी पूर्वक काम गर्दा राम्रो मानिन्छ।यी राशिका व्यक्तिलाई सानो सानो कुरामा रिस उठ्ने गर्छ।

वृश्चिक राशि:
वृश्चिक राशिका व्यक्तिको रिस पनि नाकको टुप्पामै हुने गर्छ । तर यिनीहरुले आफ्नो रिसले अरुलाई नोक्सान पुर्याउँदैनन्। यिनीहरुलाई रिस उठ्यो भने यिनीहरु कसैसँग कुरा गर्दैनन् ।

मकर राशि:
मकर राशिका मानिस पनि निकै रिसाह हुने गर्छन्। यिनीहरुको रिस निकै चाडै उठ्ने गर्छ र रिसमा यिनीहरु के के गर्छन् आफैलाई थाहा हुँदैन। रिस उठेका बेला यी व्यक्तिका सामु रहनुभन्दा यिनीहरुलाई एक्लै छोडिदिनु वुद्धिमानी हुने गर्छ।

कुम्भ राशि:
कुम्भ राशिका व्यक्तिको रिस पनि निकै कडा हुने गर्छ। यिनीहरु आफ्नो भावना दोस्रो व्यक्तिलाई देखाउँदैनन्। यिनीहरु रिस उठेका बेला चुप रहन मन पराउँछन्।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै