शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
प्रदेश १

३३ कोरोना सङ्क्रमित थपिए

विराटनगर, ३ वैशाखः प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सो अवधिमा गरिएको २९४ जनाको पिसीआर परीक्षणमा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप हुनेमा मोरङमा १८ मध्ये विराटनगरमा १४, झापामा आठ, भोजपुरमा तीन, सुनसरी र उदयपुरमा दुई/दुई सङ्क्रमित देखिएका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३० हजार ५६५ पुगेका मध्ये २९ हजार ८७८ निको भएका छन् । हाल सक्रिय सङ्क्रमित २१५ छन् । प्रदेशमा हालसम्म दुई लाख ३४ हजार ४५५ जनाको पिसीआर परीक्षण कार्य सम्पन्न भइसकेको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै