सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • सुडान घोटालाका दोसी पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान
समाचार

सुडान घोटालाका दोसी पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान

सुडान घोटाला काण्डमा प्रहरीको बन्दोबस्ती सामान खरीदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजी) रमेशचन्द ठकुरी जेल चलान गरिएको छ । सर्वोच्च अदालतमा आज कारागार बाहिरै बसेर पुनरावेदन गर्न पाउने निवेदन लिएर ठकुरी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्च प्रशासनले फैसला कार्यान्वयनलाई सहयोग गर्नुपर्ने भन्दै ठकुरीलाई डिल्लीबजार कारागार चलान गरेको हो ।
पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७ गते एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला सुनाएको थियो । सो काण्डमा सर्वोच्च अदाललते नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना र चन्दलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना सुनाएको थियो । राणा र गुरुङ जेल सजाय भोगिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनुसार सुडान मिसनमा करीब रु ४३ करोड बराबरको सामान खरीदमा रु २८ करोड ४० लाख भ्रष्टाचार भएको थियो । विसं २०६५ असोजदेखि सुडानको डार्फरमा नेपाल प्रहरीको टोली खटिँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै