शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने चाँपको स्तम्भ निर्माण
फोटो ग्यालरी

पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने चाँपको स्तम्भ निर्माण

किमाथाङ्का, १ वैशाख । संखुवासभाको धर्मदेवी नगरपालिका–३ मुढे बजारमा पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने चाँपको स्तम्भ निर्माण गरिएको छ । चाँपको स्तम्भ रु ३२ लाखको लागतमा निर्माण गरेको धर्मदेवी नगरपालिकाका प्रमुख रमेशकुमार जिमिले जानकारी दिनुभयो ।

चाँप उच्च हिमाली क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिको वनस्पति हो । पछिल्लो समय चाँप लोप हुन थालेको छ । मुढे बजार नजिककै गुराँसको राजधानी तीनजुरै–मिल्के–जलजले क्षेत्र भएका कारण बजारमा पर्यटक आवागमन हुने गरेको छ । तस्वीरः भविन कार्की, रासस

कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम बढेकाले यसविरिुद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन पनि आग्रह गर्नुभएको छ । “सिङ्गो मानवजगत् यतिबेला कोभिड–१९ सँग जुधिरहेको छ । नेपाल सरकारले पनि कोभिड–१९ विरूद्वको लडाइँमा हरसम्भव प्रयास र रोकथामका लागि रणनीति अपनाइरहेको यहाँहरूलाई विदितै छ ।

यो लडाइँमा सम्पूर्ण देशवासीको सकारात्मक सहयोगको अपेक्षा नेपाल सरकारले गरेको छ”, उपप्रधानमन्त्री पोखरेलले सन्देशमा भन्नुभएको छ, “कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गरी प्रत्येक व्यक्ति, नागरिक समाज, समुदाय सबैले ‘आफू बाँचौँ र अरूलाई बचाऔँ’ भन्ने भावनाका साथ स्वास्थ्यसम्बन्धी तोकिएका मापदण्डहरू कडाइका साथ पालना गरी–गराई एकजुट भई कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानमा सबैको सदाझैँ सहयोग र स्वास्थ्य मापदण्डको परिपालनाको जरूरत रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउनुहुन अनुरोध गर्दछु ।”

उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न एकताबद्ध हुन सम्पूर्ण नेपालीलाई नयाँ वर्षले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै