शुक्रबार, बैशाख ३१, २०७८ | Friday 14th May 2021
  • होमपेज
  • १९ विधामा थपेर गीत संगीतमा ५१ वटा विश्व किर्तिमानी कायम गदै डा. उपाध्याय
मनोरञ्जन

१९ विधामा थपेर गीत संगीतमा ५१ वटा विश्व किर्तिमानी कायम गदै डा. उपाध्याय

काठमाडौं, ३१ चैत । गीत सँगीतबाट यस अघि विश्वका विभिन्न ३२ विधामा फरक फरक वल्र्ड रेकर्ड बनाएका विश्व किर्तिमानी गीतकार एवम् साहित्यकार डि. आर उपाध्यायले गीतसँगीतबाटै अरु १९ वटा विश्व रेकर्ड थप्दै छन् । गीतसंगीतमा गिनिज अफ वल्र्ड रेकर्ड सहित विश्वका महत्वपूर्ण रेकर्ड बनाएका उपाध्यायले यसपटक फेरी गिनिज अफ वल्र्ड रेकर्ड, अमेरिकन बुक रेकर्ड, बृटिस रेकर्डसहित थुप्रै विभिन्न १९ वटा वल्र्ड रेकर्ड राख्न लागेका हुन् । नयाँ वर्षको अबसर पारेर आगामी ६ बैशाखमा काठमाडौंको रशियन कल्चरल सेन्टरमा एक कार्यमाझ उनले थप १९ वटा विश्व रेकर्ड ग्रहण गर्ने भएका छन् ।

सोमबार बोलुका काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै किर्तिमानी गीतकार उपाध्यायले अब १९ वटा फरक विधामा विश्व रेकर्ड थपेर ५१ वटा विधामा विश्व रेकर्ड कायम गर्न लागेको बताए । अब १९ वटा वल्र्ड रेकर्ड उपाध्यायले बनाएपछि गीतसंगीतबाट अहिलेसम्मकै सबैभन्दा बढी रेकर्ड राख्ने देश नेपाल पर्नेछ । यो रेकर्ड देशका लागि गीतकार डा. उपाध्यायले राख्दैछन् । आफुले विश्व रेकर्डमा नेपाल पनि गीतसँगीत र साहित्यमा कम छैन भनेर देशको खातिर सँगीतबाट सबैभन्दा बढी विधामा वल्र्ड रेकर्ड बनाउन लागेको बताए । गीतसंगीतमा ५१ वटा विश्व रेकर्ड एकै व्यक्तिको नाममा हालसम्म कसैको पनि छैन ।

यसपटक गीतकार उपाध्यायले विश्वकै छोटो गीत, विश्वकै सबैभन्दा लामो गीत, विश्वका सबै देशका मुद्राहरु समेटेर तयार गरिएको गीत, विश्वका सबैभन्दा धेरै पर्यटकीय स्थलको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी फुलहरुको नाम समेटेर तयार गरिएको गीत, सबै भन्दा बढी पटक आमा शब्द प्रयोग गरिएको गीत जस्ता विभिन्न १९ विधामा फरक फरक १९ वटा वल्र्ड रेकर्ड राख्न लागेका हुन् ।
डा. उपाध्यायलाई यो विश्व रेकर्डका लागि संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार सागर अधिकारी (सरद)ले सघाउँदै छन् ।

आफुले डा. उपाध्यायको विभिन्न किर्तिमानी गीतमा यसपटक संगीत गरेको संगीतकार सागरले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । जसका लागि आफु ६ महिनाबाट यही अभियानमा व्यस्त रहेको पनि उनले बताए । यस्तै अर्का संगीतकार सन्तोष श्रेष्ठले अबको १९ वटा कृतिमानी मध्य ७ वटा विश्व किर्तिमानी गीतहरुमा आफ्नो संगीत रहेको जानकारी गराए । डा. उपाध्यायको यो किर्तिमानी नेपालको लागि गौरवको कुरा भएको र विश्वकै लागि एउटा अनौठो किर्तिमानी भएको पनि उनले बताए ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै