शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • घातक रोगका लागि बीमा योजना
समाचार

घातक रोगका लागि बीमा योजना

सानिमा लाइभ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग पुर्याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । ‘सानिमा घातक रोग रक्षावरण स्वास्थ्य बीमा योजना’ नाम दिइएको सो योजनामा क्यान्सर, मिर्गाैला, अङ्ग दान/‘बोनम्यारो’ प्रत्यारोपण, ‘ओपन हार्ट सर्जरी’, हृदयाघात, मस्तिष्कघात लगायत रोगको उपचारलाई समेटिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लिमिटेडका महाप्रबन्धक शिवराम तिमल्सिनाले बीमा योजनाले १८ देखि ५५ उमेर समूहलाई समेट्ने र रु ५० हजारदेखि रु ५० लाखसम्मको बीमा जिकिर गर्न सकिने जानकारी दिनुभयो । पैसा र उपचारको अभावमा जनताको अकालमा मृत्यु नहोस् भन्नाका लागि कम्पनीले सो योजना ल्याइएको जानकारी दिँदै यसले जनताको जीवनस्तरमा सुधार ल्याउने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै