शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • बेलायतबाट दिपको कोशेली ‘मन खाने माया’ सार्वजनिक (भिडियो)
भिडिओ

बेलायतबाट दिपको कोशेली ‘मन खाने माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा’स्माइल’को संगीतमा रहेको ‘मन खाने माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् । सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै