बुधबार, असार ९, २०७८ | Wednesday 23rd June 2021
  • होमपेज
  • गाउँले होटल साउजी जस्तै अर्का मासु ब्यबसायी मृ त फेला, घ टनास्थल पुग्दा नसोचेको दृश्य देखियो, सबै डराए (भिडियो सहित)
भिडिओ

गाउँले होटल साउजी जस्तै अर्का मासु ब्यबसायी मृ त फेला, घ टनास्थल पुग्दा नसोचेको दृश्य देखियो, सबै डराए (भिडियो सहित)

बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृत भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृत फेला परेका छन । बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो ।

गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्तै हत्या गरेर लाश सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुनसक्ने आशंका गरिएको छ । लाशबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । लाश फेला परेको खबर विहान ८.३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बेवारिसे अवस्थामा लास फेला परेको थियो । आज गौतम परियारको सब फेला पारेको ठाउँको रिपोर्टिङ गरिएको छ । घटनास्थल पुग्दा नसोचेको दृश्य देखिएपछी सबै डराए तलको भिडियोमा हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार