बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृत भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृत फेला परेका छन । बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो ।
गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्तै हत्या गरेर लाश सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुनसक्ने आशंका गरिएको छ । लाशबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । लाश फेला परेको खबर विहान ८.३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।
केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बेवारिसे अवस्थामा लास फेला परेको थियो । आज गौतम परियारको सब फेला पारेको ठाउँको रिपोर्टिङ पछि पत्रकारको टोलि उनको घर पुगेको थियो । घरमा पुग्दा ९० बर्षकि बुढीआमा र मृ तककि श्रीमती मिडियामा आएका छन ।
आमाका हरेक शब्दले सबैको मन रुवाएको छ । घरमा रुवाबासी नै चलेको छ । श्रीमती र ९० बर्सिय बुढीआमाले सुरुदेखिको सम्पुर्ण नालीबेली रुदै सुनाएका छन । आमा र श्रीमतीको यस्तो कुरा सुनेपछि कस्को मन रुदैन होला! तलको भिडियोमा हेर्नुहोला । मन रुनेछ…