बुधबार, बैशाख १, २०७८ | Wednesday 14th April 2021
  • होमपेज
  • करेन्ट लागेर युवकको मृत्यु
सूचना/प्रबिधि

करेन्ट लागेर युवकको मृत्यु

पाँचथर, १९ चैतः करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएकामा दिउँसो चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार