बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • औषधीय गुणले भरिएको एलोभेरा जुस पिउनुका यि हुन आश्चार्य जनक फाइदा
समाचार

औषधीय गुणले भरिएको एलोभेरा जुस पिउनुका यि हुन आश्चार्य जनक फाइदा

घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ । एलोभेरा जुसको सेवनले छालामा निखार आउँछ । छालालाई लामो समयसम्म जीवित राख्छ भने यसलाई मुलायम र चमकदार बनाउँछ ।

त्यस्तै, छालामा आउने दाद, दाग र धब्बाका लागिसमेत यो लाभदायी हुन्छ । क्यान्सररोगीले दैनिक ५० ग्राम एलोभेराको जुस पिएमा फाइदा गर्छ । नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ ।

यसमा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, इन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिनजस्ता मानवस्वास्थ्यलाई चाहिने आवश्यक तत्व पाइन्छन् । एलोभेरा जुस खाएमा तौल घट्छ । साथै, बारम्बार भोक लाग्ने समस्याबाट समेत छुटकारा मिन्छ । यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

चर्चामा

सम्बन्धित समाचार