बुधबार, बैशाख १, २०७८ | Wednesday 14th April 2021
  • होमपेज
  • ब्याजवापत श्रमसँगै यौ/न शो/षण, यौ/न प्या/स मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर
पत्रपत्रिकाबाट

ब्याजवापत श्रमसँगै यौ/न शो/षण, यौ/न प्या/स मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर

– भोजराज कार्की

सोलुखुम्बु, १५ चैत: जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौ/न तथा श्रम शो/षणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौ/न शो/षण गर्ने गरेको पीडित महिलाको भनाइ छ ।

शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पी/डित महिलाको भनाइ छ । “ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो”, भावुक हुँदै पीडित महिलाले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ ।”

घरायसी कामसँगै तीन/चार दिनको अन्तरमा उहाँमाथि ज/बरजस्ती शा/रीरिक स/म्पर्क राख्ने गरेको उहाँको भनाइ छ । “ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”, महिलाले भन्नुभयो, “दिनभरि कामको थकानसँगै उसलाई यौ/न चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो ।”

आफूले शा/रीरिक स/म्पर्क राख्ने इच्छा छैन भन्दा ज्या/न मा/र्नेसम्मको ध/म्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । गाउँघरमा जो कोहीलाई धा/कध/म्की दिएर खड्गबहादुरले श्रम शो/षण गर्ने गरेको पी/डित महिलाको आ/रोप छ तर पी/डक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताउनुभयो ।

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ । “शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो”, महिलाले सुनाउनुभयो, “केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ ।”

श्रम शो/षण गरिरहेका पीडक राईले २०७५ सालदेखि भने निरन्तर यौ/न शो/षणसमेत गर्ने गरेको पी/डित महिलाले बताउनुभयो । पी/डित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौ/न प्या/स मे/टाउने गरेको महिलाको गुनासो छ । रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने ध/म्कीसमेत दिने गरेको उहाँले बताउनुभयो ।

खड्गबहादुरको व्यवहारको विषयमा पी/डितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उहाँलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ तर आफूहरुसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ ।

खड्गबहादुर र पी/डित महिलाबीचको सम्बन्धका बारेमा पी/डकको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने ध/म्की दिएको आरोप छ । घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ ।

महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता

सामान्य वि/वाद हुँदा समेतछिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ । आफूहरु पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पी/डित महिलाले बताउनुभयो । जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ज/बरज/स्ती क/रणी शीर्षकमा मु/द्दा दर्ता गरिएको पी/डित पक्षको भनाइ छ ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई प/क्राउ गरी का/रवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मु/द्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई रु एक लाख २० हजार ध/रौटी माग गर्ने आदेश दिएको छ ।

यता पी/डित पक्षले भने आफूहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । पी/डक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशङ्का आफूहरुमा रहेको पी/डित महिलाको भनाइ छ ।

अब झनै ज्या/न जोखिममा परेकाले गाउँ फर्कन नसक्ने पी/डित परिवारको गुनासो छ । पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उहाँको भनाइ छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार