बुधबार, बैशाख १, २०७८ | Wednesday 14th April 2021
  • होमपेज
  • शाहरुख खानको पत्याउनै नसकिने यस्तो खबर बाहिरिएपछि
मनोरञ्जन

शाहरुख खानको पत्याउनै नसकिने यस्तो खबर बाहिरिएपछि

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानले फिल्म पठानमा सय करोड लिएर काम गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार उनले यशराज ब्यानरमा बनिरहेको फिल्ममा काम गर्न निर्माता आदित्य चोपडासँग सय करोड मागेको खबर बाहिरिएको छ ।

फिल्म समीक्षक उमैर सन्धूले पनि एक ट्विट गर्दै ‘पठान’ का लागि शारुखले सय करोड पारिश्रमिक लिएको बताएका थिए । उनको माग निर्माण टिमले सहर्ष स्वीकार गरेको थियो । यद्यपि, यसबारेमा अहिलेसम्म निर्माण टिमले आधिकारिक जानकारी दिएको छैन ।

जिरो पछि कुनै फिल्ममा नदेखिएका उनी अब दुई वर्ष पछि पठानबाट कमब्याक गर्न लागेका हुन् । अहिले दुबईमा फिल्मको छायांकन भइरहेको छ ।

यो फिल्ममा अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिँदैछन् । फिल्ममा अभिनेता सलमान खानको पनि केमियो रहनेछ । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार