बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • इट्टाभट्टाको पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु
समाचार

इट्टाभट्टाको पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु

इट्टाभट्टाको पोखरीमा डुबेर आज एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–२ जामुनेका कृष्णबहादुर शाहीका छोराहरु सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेका छन् ।

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा अध्ययनरत् ती बालकहरु नर्सरी र केजीमा अध्ययनरत् विद्यार्थी थिए । विद्यालयबाट घरतर्फ फर्किने क्रममा बाटो नजिकै रहेको माछापुच्छ्रे इट्टाभट्टाको लागि माटो खनेर बनेको पोखरीमा पौडी खेल्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

मृत बालकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घट्ना भए लगत्तै आफन्तजनले दमौली अस्पतालमा उपचारको लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार