सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • तितेकरेली जस्तो तर मिठो, दुनियाकै शक्तिबर्द्धक तरकारीबारे जान्नुहोस्, जसको सेवनले कैयौँ रोगहरु चट पार्छ
समाचार

तितेकरेली जस्तो तर मिठो, दुनियाकै शक्तिबर्द्धक तरकारीबारे जान्नुहोस्, जसको सेवनले कैयौँ रोगहरु चट पार्छ

काडमाडौँ । तपाईलाई झुसे करेला अर्थात चट्टेल नामको तरकारीका बारेमा कति जानकारी छ ? बजारमा बिरलै मात्रामा पाइने यो तरकारीको सेवन पनि कमै मात्रामा हुन्छ । वर्षातको समय सुरु भइसकेको छ । र यो तरकारी पनि यही समयमा नै फल्ने गर्छ । जुन तरकारीलाई सँसारकै शक्तिबर्द्धक तरकारी मानिन्छ । करेला प्रजातिको यो तरकारी तितो नहुने र विभिन्न समस्याको औषधीको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।

यसको लगातार सेवन गर्दा हाम्रो शरिरमा तागत आउने चिकित्सकको भनाई छ । जसमा प्रशस्त मात्रामा क्यालोरी नहुने बताइन्छ । जसले तौल घटाउन सहयोग गर्छ । यो तरकारीमा भएको फाइटोकेमिकल्सले रगत गर्न मद्दत गर्छ । यो तरकारीको नियमित सेवनले आँखाको रोग, हृदय रोग साथै क्यान्सर पनि रोकथाम गर्ने चिकित्सकहरु बताउँछन् । यसको तरकारी खाँदा खाना सजिलै पच्छ र शरीरको मेटाबोलिजम तीब्र हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै