शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • अछाममा सात वर्षीया बालिका जबर्जस्ती करणी गर्ने पक्राउ
समाचार

अछाममा सात वर्षीया बालिका जबर्जस्ती करणी गर्ने पक्राउ

अछाममा सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई एक्लै भएको मौका छोपी आइतबार १ः३० बजेतिर मुख च्यापेर जबर्जस्ती करणी गर्न लागेको अवस्थामा स्थानीयवासीले देखेपछि बादीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीले टेलिफोनमार्फत जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी बालिकाका बुबाले दिएको किटानी जाहेरीका आधारमा निज मदन बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपी बादीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबर्जस्ती करणी उद्योग मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै