शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा कम्तीमा दशको मृत्यु
समाचार

अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा कम्तीमा दशको मृत्यु

ह्युस्टन, १६ असार । अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ९ः१० मा भएको यस दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ । अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै