मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • रेडक्रसद्वारा अपाङ्गता भएकालाई बीस लाख सहयोग
समाचार

रेडक्रसद्वारा अपाङ्गता भएकालाई बीस लाख सहयोग

दमौली, १६ असारः नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अपाङ्गता भएका व्यक्तिलाई रु बीस लाख सहयोग उपलब्ध गराएको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहज गराउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँका व्यक्तिलाई उक्त रकम सहयोग गरिएको जनाइएको छ ।

‘नेपालका भूकम्प प्रभावित समुदायमा अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत रिसिङ गाउँपालिका–७ कोटदरबार, रिसिङ गाउँपालिका–८ रानीपोखरी, व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सतिस्वाँराका अपाङ्गता भएकालाई आर्थिक सहयोग गरिएको उक्त शाखाका सभापति कृष्णहरि वाग्लेले जानकारी दिनुभयो ।

कोटदरबारका ७९, रानीपोखरीका ५४, रिस्तीका २८ र सतिस्वाँराका ३९ गरी कूल २०० लाई जनही रु १० हजारका दरले रकम प्रदान गरिएको अपाङ्ता समावेशी कार्यक्रमका कार्यक्रम अधिकृत करुणानिधि भट्टराईले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै