बुधबार, बैशाख १, २०७८ | Wednesday 14th April 2021
  • होमपेज
  • युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने
अन्तराष्ट्रिय

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

बर्लिन । युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरुलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिनुभयो ।

खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उहाँले बताउनुभयो । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरु ल्याउने तयारी भएको उहाँको भनाइ छ ।

युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ । मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आँफैमा ठूलो उपलब्धि भएको पनि उहाँले जानकारी दिनुभयो ।

युरोपेली संघ अन्तर्गत रहेको २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार