शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • जीप दुर्घटनामा छ घाइते, एकको अवस्था चिन्ताजनक
समाचार

जीप दुर्घटनामा छ घाइते, एकको अवस्था चिन्ताजनक

डोटी, १६ असारः जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा छजना घाइते भएका छन् । उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घाइते छमध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको दिपायलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिनुभयो । जीप सडकबाट करीब पाँचसय मिटर तल खसेको थियो । –रासस

चर्चामा

सम्बन्धित समाचार