आइतबार, चैत्र २९, २०७७ | Sunday 11th April 2021
  • होमपेज
  • परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने
समाचार

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

काठमाडौँ, १५ फागुनः नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो ।

एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन)लाई विकास गर्न लागिएको जानकारी दिनुभयो । “एशोसिएशनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारको बारेमा खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रबद्र्धनमा लाग्नेछ”, उहाँले भन्नुभयो ।

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ । एशोसिएशनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताउनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार