बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • शीर्ष नेताबीचको समझदारीको बजारीकरण उचित भएनः उपप्रम पोखरेल
समाचार

शीर्ष नेताबीचको समझदारीको बजारीकरण उचित भएनः उपप्रम पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले शीर्षनेताबीच भएको समझदारीका विषयलाई बजारीकरण गर्नु उचित नभएको बताउनुभएको छ ।
मदन भण्डारी फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित ‘जननेता मदन भण्डारीको जन्मजयन्तीको सन्दर्भमा आयोजित अन्तरक्रिया’मा रक्षामन्त्री उहाँले दुई नेताबीच भएका समझदारी बारेमा मर्यादित र सुहाउँदो विश्लेषण हुनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले दुवै नेता अनुभवी र खारिएका हुनाले एकीकृत पार्टीमा भएका विवाद र असमझदारी टुङ्गो लागाउन केन्द्रीय नेतृत्व तहले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले दुई पार्टीबीच एकता, मित्रता, सहयात्राको पाटो बलियो भएको र निषेधको पक्ष कमजोर भएकाले पुराना कुरालाई सच्याउँदै स्थानीयस्तरका कार्यकर्तालाई पार्टी सङ्गठन मिलाउन आग्रह गर्नुभयो ।

प्रदेश नं १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रत्येक नेपाली नागरिकले दैनिकरुपमा समृद्ध कायम महसुस हुने आधारले सरकारले कार्य गरिरहेको बताउँदै वर्तमान सरकारविरुद्ध गलत प्रचारप्रसार भइरहेकाले यसलाई बहसमार्फत समाधानमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले जनताको बहुदलीय जनवादीलाई व्यवहारमा परिणत गरी समाजवाद लागू गरी जनतालाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै