बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • लोकसेवाको स्थानीय तहको विवाद ‘हेर्दाहेर्दै’ मा सोमबार सुनुवाइ
समाचार

लोकसेवाको स्थानीय तहको विवाद ‘हेर्दाहेर्दै’ मा सोमबार सुनुवाइ

सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा ‘हेर्दाहेर्दै’ मा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा सूचीमा सोमबारका लागि राखिएको हो ।

यसअघि यही असार ११ गते सो इजलासले सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आजसम्मका लागि स्थगित गरिएको हो । उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो ।

यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै