बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • कृषि ‘उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्छ’
समाचार

कृषि ‘उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्छ’

सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री पठानसिंह बोहराले परम्परागत खेती प्रणालीमा सुधार गर्दै आधुनिक खेतीलाई बढावा दिनुपर्ने बताउनुभएको छ । १६औँ धान दिवसका अवसरमा कृष्णपुर नगरपालिका–६ बञ्जरियामा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले कृषिलाई आधुनिक बनाइ यान्त्रिकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

निर्वाहमुखी कृषि प्रणालीले जीवन धानिने भए पनि जीवनस्तरमा सुधार ल्याउन कृषि प्रणालीलाई अवलम्बन गर्न नितान्त जरुरी रहेको उहाँको भनाइ छ । प्रदेश सरकारले कृषिलाई आधुनिकिकरण गर्न प्रर्याप्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभाका सदस्य महेशदत्त जोशीले स्थानीय जातका अन्नका बीउ जोगाउन सबैले लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत टीकाराम थापाले देशमा बाह्य क्षेत्रबाट चामलको आयात प्रतिवर्ष रु २५ अर्ब बराबरको आयात हुने गरेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री बोहराले धान रोप्ने आधुनिक मेसिन खेतमा चलाएर धान दिवसको उद्घाटन गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार